काठमाडौं, २६ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहित पौडेललाई बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत कप्तान पौडेललाई बधाइ दिएका हुन् ।

‘नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त हुनु भएकोमा रोहित पौडेलजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना,’ देउवाले लेखेका छन्, ‘तपाईको नेतृत्वमा नेपाली क्रिकेटले अझै सफलता हासिल गर्नेछ ।’

युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका नेपाली टोली घोषणा गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्सीय टोली घोषणा गरिएको छ ।