लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपलाई एक खेलको प्रतिबन्ध

एजेन्सी, २६ कार्तिक । इंग्लिस क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपलाई एक खेलको प्रतिबन्ध लागेको छ ।
प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध १–० को जित निकालेको खेलमा रातो कार्ड बेहोरेका क्लोपलाई इंग्ल्याण्ड फुटबल एसोसिएसनले एक खेलको प्रतिबन्ध लगाएको हो ।
मोहम्मद सलाहमाथि फउल भएको अवस्थामा सहायक रेफ्रीलाई गाली गरेपछि उनलाई रातो कार्ड देखाइएको थियो ।
यसअघि एफले क्लोपलाई ३० हजार पाउण्ड जरिवाना गरिसकेको छ । प्रतिबन्ध लागेपछि क्लोपले प्रिमियर लिगअन्तर्गत आज हुने साउथह्यामटनविरुद्वको खेल गुमाउने भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


