विश्वकपका लागि रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा

एजेन्सी, २५ कार्तिक । आसन्न फिफा विश्वकप फुटबलका लागि पोर्चुगलले टोली घोषणा गरेको छ । पोर्चुगलले बिहीबार राति विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो । पोर्चुगलको घोषित टोलीमा कप्तान क्रिस्टियानो रोनाल्डो पनि समावेश भएका छन् ।
उनी पाँचौंपटक विश्वकप टिममा समावेश भएका हुन् । त्यस्तै, पेपे, ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, रुबेन डियास, आन्द्रे सिल्भालगायत खेलाडीले पनि टोलीमा स्थान पाए । यसपटकको विश्वकप २० नोभेम्बरबाट कतारमा सुरु हुँदैछ ।
पोर्चुगल समूह ‘एच’ मा छ । उसले पहिलो खेल २४ नोभेम्बरमा घानाविरुद्ध खेल्ने तालिका छ ।
विश्वकपका लागि पोर्चुगलको टोली :
गोलकिपर– डिओगो कोस्ट, रुई प्याट्रिसियो र जोसे सा ।
डिफेन्डर– जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा र एन्टोनियो सिल्भा ।
मिडफिल्डर– विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा र भिटिन्हा ।
फरवार्ड– जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो र आन्द्रे सिल्भा ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


