स्पेनिस ला लिगामा रियल मड्रिड कार्डिजविरुद्ध २–१ ले विजयी

एजेन्सी, २५ कार्तिक । स्पेनिस ला लिगाअन्तर्गत बिहीबार रातिको खेलमा रियल मड्रिड विजयी भएको छ । ऊ घरेलु मैदानमा कार्डिजविरुद्ध २–१ ले विजयी भएको हो ।
सान्टियागो बर्नाबेउमा रियललाई जित दिलाउन इडर मिलिटाओ र टोनी क्रुसले एक÷एक गोल गर्दा कार्डिजका लागि लुकास पेरेजले एक गोल फर्काए ।
खेलको ४० औं मिनेटमा मिलिटाओको गोलमार्फत रियलले अग्रता लिएको थियो । ७० औं मिनेटमा क्रुसले टोलीको अग्रता दोब्बर बनाए ।
८१ औं मिनेटमा पेरेजले गोल गर्दै कार्डिजलाई खेलमा पर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा रियलले २–१ को रोमाञ्चक जित निकाल्यो ।
यो जितसँगै १४ खेलमा ३५ अंक जोडेको रियल दोस्रो स्थानमा कायम रहँदा पराजित कार्डिज समान खेलबाट ११ अंकका साथ १९ औं स्थानमा छ ।
लिगअन्तर्गतकै अन्य खेलमा भ्यालेन्सियाले रियल बेटिसलाई ३–० ले पराजित गर्दा रायो भ्यालेकानो र सेल्टा भिगोले गोलरहित बराबरी खेले ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


