काठमाडौं, २५ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३३९ जनामा गरिएको नमुना परीक्षणमा सां संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्तमितको संख्या ५४६ रहेको मन्त्रालयले जनाएको छ ।