निर्वाचन आयोगले तोक्यो १४१ अस्थायी मतदान केन्द्र

काठमाडौं, २५ कार्तिक । निर्वाचन आयोगले १४१ अस्थायी मतदान केन्द्र तोकेको छ । मंसिर ४ गते हुने आमचुनावका लागि अस्थायी मतदान केन्द्र तोकिएको हो ।
अस्थायी मतदान केन्द्रका मतदाता सूचीमा १ लाख ४८ हजार अस्थायी मतदाता सूचीकृत भएका छन् । संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, तीनै तहको सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका सुरक्षाकर्मी, कारागारमा रहेका थुनुवा, कैदी र वृद्धाश्रममा रहेकालाई लक्षित गरेर अस्थायी मतदान स्थल राख्न लागिएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिए ।
देशभर २५ हजार ९०६ कैदी र बन्दी भएपनि मतदाता सूचीमा सूचीकृत नभएकै कारण मतदाता न्यून छन् । केन्द्रीय कारागार सुन्धारामा ३ हजार ४ सय कैदी रहेकामा मतदाता २० जना मात्रै रहेको कारागार विभागले जनाएको छ ।
त्यस्तै, पर्सामा १ हजार ४ सय कैदीमध्ये ३७, डिल्लीबजारमा ६ सयमध्ये कर्मचारीसहित १२३ जना मात्रै मतदाता छन् । त्यस्तै, नख्खुमा १ हजार ४ सय कैदीबन्दीमध्ये मतदाता ५० जना रहेको विभागले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


