भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड टी–२० विश्वकपको फाइनलमा

एजेन्सी, २४ कार्तिक । इंग्ल्याण्ड अस्ट्रेलियामा जारी टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । ऊ बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै फाइनल पुगेको हो ।
योसँगै उसले तेस्रोपटक टी–२० विश्वकपको फाइनल खेल्ने निश्चित भएको छ । २०१० को विजेता इंग्ल्याण्ड २०१६ मा उप विजेता बनेको थियो ।
१६९ रनको लक्ष्य इंग्ल्याण्डले १५.३ ओभरमा कुनै पनि विकेट नगुमाई भेट्टायो ।
उसका लागि अविजित रहेका एलेक्स हेल्सले ४७ बलमा सात छक्का र चार चौकासहित ८७ र कप्तान जोश बटलर ४९ बलमा नौं चौका र तीन छक्काको मद्दतले ८० रन बनाए ।
त्यसअघि एडिलेड ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । ।
उसका लागि हार्दिक पाण्ड्यले ३३ बलमा पाँच छक्का र चार चौकासहित सर्वाधिक ६३ रन बनाए । यस्तै, विराट कोहलीले ४० बलमा चार चौका र एक छक्कासहित ५० रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित शर्माले २७ र सूर्यकुमार यादवले १४ रन जोडे ।
इंग्ल्याण्डका क्रिस जोर्डनले तीन तथा क्रिस वोक्स र आदिल राशिदले एक÷एक विकेट लिँदा एक विकेट रन आउटका रूपमा प्राप्त भयो । इंग्ल्याण्डले उपाधिका लागि पाकिस्तानको सामना गर्नेछ । पाकिस्तानले न्युजिल्याण्डलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


