बिहीबार १६ नयाँ संक्रमित थपिए, १३ जना संक्रमणमुक्त

काठमाडौं, २४ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८३७ जनामा गरिएको नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १३ जना संक्रमणमुक्त भएका छन् ।
हालदेशभर सक्रिय संक्रमितको संख्या ५६३ रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


