काठमाडौं, २४ कार्तिक । देशभर डेंगुबाट संक्रमितको संख्या ५१ हजार १७७ पुगेको छ ।

तीन दिनमा ९१४ नयाँ डेङ्गु संक्रमित थपिएसँगै संक्रमितको संख्या ११ हजार १७७ पुगेको हो ।

तीन दिनमा थप दुईजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै डेङ्गुबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ५७ पुगेको हो ।

सबैभन्दा धेरै वागमती प्रदेशमा ३९ हजार ६२४ जना डेङ्गुका संक्रमित छन । लुम्बिनी प्रदेशमा ४ हजार ९१८, प्रदेश १ मा २० हजार ८५, गण्डकी प्रदेशमा १ हजार ७२१, सुदूरपश्चिम प्रदेशमा ८९६ र कर्णाली प्रदेशमा ६७६ जना संक्रमित भइसकेका छन् ।

यस्तै डेङ्गुबाट धेरै संक्रमित भएका १० जिल्लामा काठमाडौँमा १३ हजार ७८७, ललितपुरमा ९ हजार ५२२, भक्तपुरमा ५ हजार ४८९, मकवानपुरमा ५ हजार ३४७, चितवनमा २ हजार ६२७, दाङमा २ हजार ३८८, धादिङमा १ हजार ४११ र रुपन्देहीमा १ हजार १९५ संक्रमित छन् ।