नवलपरासी, २३ कार्तिक । मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरी बुधबारबाट नवलपरासी पूर्वमा मदिरा बिक्रीमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वलेसूचना जारी गरी मदिरा निषेध गरेको हो ।

निर्वाचनको समयमा मदिरा सेवनका कारण समाजमा अप्रिय घटना हुने साथै निर्वाचन विरोधी हुने सम्भावना भएको भन्दै मदिरा बिक्रीवितरणमा रोक लगाइएको हो ।

‘२२ गते राति १२ बजेदेखि निर्वाचन अवधिभर मदिरा बिक्रि वितरण र सेवन गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।

यस अवधिमा मदिरा, बिक्रीवितरण तथा सेवन गरे प्रचलित कानुनअनुसा कारबाही हुने चेतावनी प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले दिए ।