बुधबार ७ नयाँ संक्रमित थपिए, १२ जना संक्रमणमुक्त

काठमाडौं, २३ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २४९ परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १२ जना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५६७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


