साफ महिला यु–१५ च्याम्पियनसिपमा नेपालको लगातार तेस्रो जित

काठमाडौं, २३ कार्तिक । बंगलादेशमा जारी साफ महिला यु–१५ च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो जित निकालेको छ । नेपालले बुधबार सम्पन्न खेलमा भुटनलाई १–० ले हराउँदै लगातार तेस्रो जित निकालेको हो ।
यसअघि नेपालले भुटनालाई ७–० र घरेलु टोली बंगलादेशलाई १–० ले पराजित गरेको थियो । ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा खेलको ४९ औं मिनेटमा सेनु परियारले गरेको एक मात्र गोल नेपाललाई जित दिलाउन पर्याप्त बन्यो ।
यो जितसँगै तीन खेलमा ९ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लिँदा चारै खेलमा पराजय बेहोरेको भुटान विना अंक बाहिरिएको छ ।अघिल्ला खेलमा भुटान नेपालसँग ७–० तथा बंगलादेशसँग ८–० र ९–०ले पराजित भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


