काठमाडौं, २२ कार्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. मोहनचन्द्र रेग्मीले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् ।

मोजाम्बिकको राजधानी मोपुतोमा भएको फिस्टुला सर्जनहरुको अन्तर्राष्ट्रिय संगठनको आठौं सम्मेलनमा प्राडा रेग्मीलाई ‘इन्टरनेशनल सोसाईटी अफ अब्स्ट्रेटिक फिस्टुला सर्जन’(आईसोफ्स) अवार्ड प्रदान गरिएको हो ।

विगत १५ वर्षदेखि हालसम्म ८ सय फिस्टुला बिरामीको अप्रेसन गरेकाउनलाई अब्ट्रेष्टिक फिस्टुलाको उपचारमाअसाधारण योगदान पुर्याएको भन्दै अवार्ड प्रदानगरिएको हो ।

विश्वका ५० देशका फिस्टुला सर्जनहरु सहभागी सम्मेलनमा दक्षिण एसियाका ३ जना र अफ्रिकाका ३ जनाले अवार्ड पाएका थिए ।त्यसमध्ये नेपालबाट प्रा.डा. रेग्मी र पाकिस्तानका २ जनाले पाएका थिए। नेपालबाट यो अवार्ड पाउने प्रा.डा. रेग्मी पहिलो व्यक्ति हुन् । उनी फिस्टुला फ्रि नेपालका अध्यक्ष तथा राष्ट्रिय प्रशिक्षकसमेत हुन् ।

उनकै पहलमा बीपी प्रतिष्ठानमा फिस्टुलाको राष्ट्रिय केन्द्र स्थापना भएको छ । बीपीसहित नेपालका ३ ठाउँमा अब्स्ट्रेटिक फिस्टुलाको जटिल अप्रेसन हुने गरेको छ । फिस्टुलाका बिरामीको निशुल्क उपचारसँग कुरुवाका लागि समेत खाने वस्ने व्यवस्था मिलाईएको छ ।