काठमाडौं, २२ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १५० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १० तथा एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ५७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६६ हजार १६ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।