विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क लिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, २२ कार्तिक । विश्वकप फुटबल हेर्न नेपाली टेलिभिजन प्रयोगकर्ताले अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ता किशोर पौडेललगायतले मिडिया हब, भायानेट, एडप्याड एक्युजिशन र सरकारी निकायलाइविपक्षी बनाएर मंगलबार रिट दायर गरेका हुन् ।
रिटमा मिडिया हबले सूचना जारी गरी विश्वकप टेलिभिजनमा हेर्नका लागि थप ५०० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरेकामा त्यो लागू नगर्न विपक्षीको नाउमा परमादेशको माग गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


