मकवानपुर, २२ कार्तिक । नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडामाथि हातपात भएको छ ।

मकवानपुर–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका खतिवडामाथि मकवानपुरको मनहरीमा दुर्व्यवहार भएको हो ।

मनहरी गाउँपालिका वडा नम्बर–४ मा चुनावी कार्यक्रमका लागि जाने क्रममा पूर्वमन्त्री समेत रहेका नेता खतिवडामाथि दुर्व्यवहार भएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसैबिच, जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले खतिवडामाथि अभद्र व्यवहार गर्ने पुरुषोत्तम खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए ।