एजेन्सी, २१ कार्तिक । पश्चिमी गिनीको किन्डिया क्षेत्रमा धेरै विद्यार्थी बोकेको एउटा मिनीबस एक ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु हुनुको साथै अन्य ८ जना घाइते भएका छन् ।

किन्दियाको छिमेकी मामोउ क्षेत्रबाट आएको ट्रक कोनाक्रीदेखि किन्डिया जाने राष्ट्रिय सडकमा दुर्घटना भएको गिनीको सङ्क्रमणकालीन सरकारले जानकारी दिएको छ ।

विशेष सेवाहरु शोकसन्तप्त परिवारहरूलाई सहयोग प्रदान गर्न परिचालन गरिएको छ । सरकारले किन्डिया क्षेत्रीय अस्पतालमा घाइतेहरूको उपचार गरिरहेको सरकारी प्रवक्ता ओस्मान गौअल डायलोले भन्नुभएको छ ।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ ।