एजेन्सी, २१ कार्तिक । भारतीय ब्याटर विराट कोहली ‘प्लेयर अफ दी मन्थ’ घोषित भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सोमबार उनलाई अक्टोबर महिनाको ‘प्लेयर अफ द मन्थ’ घोषणा गरेको हो ।

दक्षिण अफ्रिकाविरूद्धको टी–२० सिरिज र टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका कोहलीले यो अवार्ड पाएका हुन् । उनले जिम्बाब्वेका सिकन्दर राजा र दक्षिण अफ्रिकाका डेभिड मिलरलाई पछि पारे ।

यस्तै,महिलातर्फ यो अवार्ड पाकिस्तानकी अलराउन्डर निदा दारले प्राप्त गरेकी छन् । उनले भारतका जेमिमाह रोड्रिगेज र दिप्ती शर्मालाई पछि पारेकी हुन् ।