नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु

काठमाडौं, २१ कार्तिक । नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघेको छ । डेंगु ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
डेंगु संक्रमितको कुल संख्या ५० हजार २५३ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसँगै डेंगुबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।
डेंगुबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । डेंगुको जोखिम मंसिर मसान्तसम्म रहने भन्दै विज्ञहरूले चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


