1st National Convention on Environment सम्पन्न

जनकपुरधाम, २१ कार्तिक । गुणस्तरीय शिक्षा प्रदान गर्दै देशमै सुनौलो इतिहास रच्न सफल जनकपुरधामस्थित मोनाष्टिक आवासिय माध्यमिक विद्यालयमा कार्तिक १९ र २० गते 1st National Convention on Environment दुई दिने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल हैल रहेका थिए । उनले मोनाष्टिक मा.वि.ले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आजका दिनमा वातावरणीय संरक्षणमा सबैको सहयोग जुटनुपर्ने कुरामा जोड दिए । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा मोनाष्टिक मा.वि. लाई धन्यवाद दिंदै प्रसंशासमेत गरेका थिए ।
कार्यक्रममा काठमाडौं, भक्तपुर, तनहु, भैरहवा, सिमरा, हेटौंडा, झापा र धनुषाका गरि २० वटा विद्यालयका प्रध्यानाध्यापक, शिक्षक एवम् दुई सय विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

कार्यक्रमको विषयवस्तु ‘भविष्यका सन्तानको लागि प्रकृतिको संरक्षण’ मा चारवटा विषयवस्तुहरु समावेश गरिएको थियो । जसमा प्रकृतिको संरक्षण सम्बन्धमा माटाका सामग्रीहरु निर्माण र प्रदर्शनी (Mud Model Display) प्रतिस्पर्धा गराइएको थियो ।
सो प्रतिस्पर्धामा East Horizon School, Jhapa प्रथम स्थान,Monastic Secondary English Boarding School, Janakpur ले द्वितिय स्थान र Rastriya Vibhuti Samudayik Siksha Sadan, Simara ले तृतिय स्थान प्राप्त गर्न सफल भएको थियो । यसैगरि Collaborative Arts & Collage मा प्रथम स्थान प्राप्त गर्ने Monastic Secondary English Boarding School, Janakpur र द्वितिय स्थान प्राप्त गर्ने Darsaniya R.S.K. Academy, Mahendranagar Dhanusha थियो भने तृतिय स्थान Phaktanglung School, Jhapa ले प्राप्त गरेको थियो ।
Speech Competition मा प्रथम स्थान प्राप्त गर्ने Jhapa Model School, Jhapa रMonastic Secondary English Boarding School Sr. ‘C’, Janakpur र द्वितिय स्थान प्राप्त गर्ने Monastic Secondary English Boarding School Jr. ‘A’, Janakpur र Navodaya Vidyalaya, Hetauda थिए भने तृतिय स्थान ल्याउन सफल Simara Public School, Simara र Sinha Public School, Janakpur सफल भएको थियो ।

त्यसैगरि अन्तिम विषयवस्तु अन्तर्गत Paper Presentation मा प्रथम स्थान ल्याउने Smarika School, Jhapa र द्वितिय स्थान ल्याउने Narvoday Vidyalay, Hetauda थिए भने तृतिय स्थान ल्याउने Monastic Secondary English Boarding School Jr., Janakpur रहेको थियो । अन्त्यमा 1st National Convention on Environment Championship 2022 को विजेता Narvoday Vidyalay, Hetauda बन्न सफल भएको थियो ।
सो कार्यक्रममा आयोजक रहेको Monastic Secondary English Boarding School का विद्यार्थीहरुले मैथिली र वातावरणमैत्रि गित तथा नृत्य प्रस्तुत गरि सहभागि सवैजनालाई मनोरञ्जन प्रदान गराएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि Scotland sf Research Scientist Mrs. Alba ले विद्यार्थीहरुले Convention मा देखाएजस्तै दैनिक व्यवहारमा उतारेका खण्डमा भविष्यमा प्रकृतिको संरक्षण भई सन्तानहरुले सुख र शान्तिसँग बाच्न पाउने भएकोले व्यवहारमा उतार्न आग्रह गरेका थिए ।

पर्यावरणीय संरक्षणमा मोनाष्टिक मा.वि.ले पुर्याउँदै आएको योगदान र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा प्रशंसा र धन्यवाद समेत दिइएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


