एजेन्सी, १९ कार्तिक । रुसको पश्चिमी शहर कोस्ट्रोमामास्थित एक रात्रि क्लबमा शुक्रबार राति भएको आगलागीमा परी १३ जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाए अनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ । उक्त क्याफेबाट २५० जनालाई बाहिर निकालिएको थियो ।

आगो ३ हजार ५ सय वर्गमिटर क्षेत्रमा फैलिएको थियो । घटनाबारे अनुसन्धान जारी छ भने विस्तृत विवरण आउन बाँकी रहेको छ ।