प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मधेस प्रदेशको लगातार दोस्रो जित

काठमाडौं, १९ कार्तिक । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले लगातार दोस्रो जित निकालेको छ । उसले शनिबार सम्पन्न समूह‘बी’अन्तर्गतको खेलमा लुम्बिनी प्रदेशलाई ९२ रन ले हराउँदै लगातार दोस्रो जित निकालेको हो ।
२६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले पाँच बल बाँकी छँदा सबै विकेट गुमाउँदै १६७ रन बनायो । उसका लागि विशाल विक्रम केसीले सर्वाधिक ३४ रनको योगदान दिए ।
कृष्ण कार्कीले ३१,सन्दीप रिजालीले २३,अनिल खरेलले २२ तथा मोहम्मद हुसेन र बसिर अहमदले समान १५ रन बनाए । मधेशका लागि प्रदीप पास्वानले र राजेश यादवले तीन–तीन, हरिशंकर शाहले दुई तथा रुपेश सिंहले एक विकेट हात पार्दा एक विकेट रन आउटका रुपमा प्राप्त भयो ।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेसले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २५९ रन बनाएको थियो । उसका कप्तान लागि हरिशंकर शाह,सन्तोष कार्की र अनिल शाहले अर्धशतकीय पारी खेले ।
७६ रन बनाएका हरिशंकरले ९० बलमा १३ चौका र एक छक्का प्रहार गरे । सान्तोषले ६० बलको सामना गर्दै पाँच चौका र तीन छक्काको मद्दतमा ५० रन जोडे ।
५० रन नै बनाएका अनिलले ४९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । विवेक यादवले २१, आदिल अन्सारीले १२ र इमरान शेखले १० रनको योगदान दिए ।
लुम्बिनीका लागि कृष्ण कार्कीले तीन,अनिल खरेलले दुई तथा मोहम्मद हुसेन,कप्तान देव खनाल र बसिर अहमदले एक–एक विकेट हात पार्दा दुई विकेट रन आउटका रुपमा प्राप्त भयो ।
यो जितसँगै मधेसले दुई खेलमा चार अंक जोड्दा पराजित लुम्बिनीको तीन खेलबाट दुई अंक छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


