साफ यु–१५ मा नेपालको लगातार दोस्रो जित

एजेन्सी, १९ कार्तिक । बंगलादेशमा जारी साफ महिला यु–१५ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
नेपालले शनिबार सम्पन्न खेलमा घरेलु टोलीलाई १–० ले हराउँदै लगातार दोस्रो जित निकालेको हो ।
ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा खेलको ८७ औं मिनेटमा वर्षा ओलीले गरेको एक मात्र गोल नेपाललाई जित दिलाउन प्रर्याप्त बन्यो ।
साफ यु–१५ मा नेपालले पहिलोपटक बंगलादेशलाई हराएको हो । यसअघिका तीन भेटमा नेपाल पराजित भएको थियो ।
यो जितसँगै दुई खेलमा ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लिँदा पहिलो हार बेहोरेको बंगलादेश समान खेलबाट तीन अंकका साथ दोस्रोमा छ ।
पहिलो खेलमा दुवै टोलीले भुटानलाई हराएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


