काठमाडौं, १८ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २५ जना कोरोनाका नयाँ संक्तमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८४५ जनामा गरिएको नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २८ जना संक्रमणमुक्त भएका छन् । देशभर हाल सक्रिय संक्रमितको संख्या ५६९ रहेको मन्त्रालयले जनाएको छ ।