एपीएफ अस्पतालका डाक्टर दुई महिनादेखि गायब, सेवाबाट हटाइँदै

काठमाडौं, १८ कार्तिक । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा कार्यरत डाक्टर करिब दुई महिनादेखि सम्पर्कबिहीन भएका छन् ।
प्राविधिक प्रहरी निरीक्षक पदमा कार्यारत डा. मनिष राज सापकोटा गत भदौ २६ गतेदेखि गायब भएका हुन् ।
विना सूचना लामो समयसम्म अनुपस्थित भएको र सम्पर्कमा समेत नरहेको भन्दै गृह मन्त्रालयले सेवाबाट हटाउने तयारी गरेको छ ।
सेवाबाट नहटाउनु पर्ने कुनै कारण भए बाटोको म्याद बाहेक यो सूचना प्रकाशित भएको ७ दिनभित्र स्पष्टीकरण पेश गर्न गृह मन्त्रालयले सूचना जारी गरेको छ ।
कार्तिक १६ गतेको सचिवस्तरीय निर्णयबाट डा. सापकोटालाई सेवाबाट हटाउने निर्णय गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


