सन्दीप लामिछाने प्रकरण : जिल्ला अदालतविरुद्ध उच्च अदालत जाने तयारी

काठमाडौं, १८ कार्तिक । १७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
जिल्ला अदालतको यो निर्णयविरुद्ध सन्दीप लामिछानेका कानुन व्यवसायीहरु पुनरावेदनका लागि जाने तयारीमा जुटेका छन् ।
उनीहरुले आफूहरुसँग बलियो आधार भएकाले न्याय पाउने आशा गरेको पनि बताएका छन् । यसअघि पनि सन्दीपका व्यवसायीहरुले आरोप लगाउने किशोरी नाबालिग नभएको प्रमाण पेश गरेका थिए ।
सन्दीप लामिछानेलाई चाहिँ केन्द्रीय कारागार चलान गरिएको छ । सन्दीपले आज आएको आदेशलाई आफूले सम्मान गर्ने पनि बताएका छन् ।
सन्दीपले ५ भदौमा काठमाडौंको गौशालाको एक होटलमा नाबालिगमाथि पटकपटक बलात्कार गरेको अभियोग छ । ती किशोरीले २१ भदौमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।
सन्दीप त्यति बेला क्रिकेट खेल्न केन्यामा थिए । एक महिना उनी विदेशमा लुके । उनी फर्किएलगत्तै २० असोजमा उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


