बीपी प्रतिष्ठान अस्पतालको डेपुटी निर्देशकमा डा. जयसवाल र डा. लिम्बु नियुक्त

धरान, १७ कार्तिक । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको डेपुटी अस्पताल निर्देशकमा डा. लोकेश शेखर जयसवाल र डा. इन्द्र लिम्बू नियुक्त भएका छन् ।
प्रतिष्ठानको उपकूलपति डा. ज्ञानेन्द्र गिरीले जयसवाल र लिम्बुलाई डेपुटी अस्पताल निर्देशक पदमा नियुक्त गरेका छन् ।
बीपी प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार डा. जयसवाल सि.टी.भि.एस. विभागका एसोसियट प्रोफेसर हुन् भने डा. लिम्बु प्रोस्थोडोन्टिक्स विभागका एसिस्टेन्ट प्रोफेसर छन् ।
दुवैजनाले गत जेठ १८ गतेबाट सहायक अस्पताल निर्देशक पदको जिम्मेवारी सम्हाल्दै आएको सहप्रवक्ता पोखरेलको भनाइ छ ।
उनीहरुको नयाँ जिम्मेवारीले अस्पताल सेवालाई अझ बढी चुस्त र दुरुस्त हुने उपकूलपति डा. गिरीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


