पाकिस्तानविरुद्वको मैत्रीपूर्ण खेलका लागि प्रवेश कुटवाल प्रशिक्षकमा नियुक्त

काठमाडौं, १५ कार्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
एन्फाले मंगलबार मैत्रीपूर्णका लागि कटुवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जनाएको हो ।
एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले कटुवाललाई नियुक्ति पत्र दिएका हुन् । उनले मछिन्द्र फुटबल क्लबलाई ए डिभिजन लिगको उपाधि दिलाएका छन् ।
नेपालले १६ नोभेम्बर (कार्तिक ३०) मा पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ । खेल साँझ ५ बजे सुरू हुनेछ ।
अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन छ । यसअघि अघिल्लो महिना भएको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा प्रदिप हुमागाईंले नेपाली टोली सम्हालेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


