काठमाडौं, १५ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २९ जना कोरोनाका नयाँ संक्रमित थपिएक छन् ।

६३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५२८ रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना महामारीमा हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।