मोरबी पुल दुर्घटना : प्रहरीले ८ जनालाई समात्यो

एजेन्सी, १४ कार्तिक । भारतको गुजरातमा मोरबी पुल दुर्घटनामा ८ जनालाई प्रहरीले हिरासतमा लिएको छ ।
मोरबी प्रहरी अधिकारी राहुल त्रिपाठीले ८ जनालाई हिरासतमा लिएर सोधपुछ गरेको बताएका छन् । उनीहरुविरुद्ध मुद्दा पनि चलाइएको उनले जानकारी दिएका छन् ।
आइतबार साँझ माच्छु नदीमाथि बनेको मोरबीको झोलुंगे पुल भाँचिदा अहिलेसम्म १४१ जनाको निधन भएको छ ।
त्यहाँ बेपत्ता भएका मानिसहरुको खोजी कार्य जारी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


