काठमाडौं, १४ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

छोरी गंगा दाहालले उनलाई सोमबार अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिएकी हुन् ।

सीताको स्वास्थ्यमा समस्या आएपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् ।

दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज १५ दिनको हस्पिटल बसाई पछि स्वास्थ्य लाभको कामना गर्नुहुने शुभेच्छुकहरूको माया र आशीर्वादले ममीको स्वास्थ्यमा सुधार आई आज फेरि डिस्चार्ज गरी घर ल्याइएको छ । सम्पूर्ण शुभेच्छुकहरूमा आभार सहित धेरै धेरै धन्यवाद ।’