स्वास्थ्य राज्यमन्त्री केसी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, १३ कार्तिक । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी वीर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
डेंगु संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका राज्यमन्त्री केसी आइतबार १६ औं दिनमा डिस्चार्ज भएका हुन् ।
स्वास्थ्यमा सुधार आएपछि केसी डिस्चार्ज भएको वीर अस्पतालका निमित्त निर्देशक डा. भुपेन्द्र बस्नेतले जानकारी दिए ।
केसीलाई शरीरका हाड जोर्नी दुख्ने, शरीर गल्ने, ज्वरो आउने समस्या देखिएको थियो ।
सुरुमा उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना गरिएको थियो । त्यसपछि वीर अस्पताल रिफर गरिएको हो । अहिले राज्यमन्त्री केसीको स्वास्थ्य अवस्था सामान्य छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


