बुर्किना फासोमा जिहादी समूहले गरे १३ सैनिकको हत्या

एजेन्सी, १३ कार्तिक । बुर्किना फासोको पूर्वी प्रान्तमा संदिग्ध जिहादी समूहले आक्रमण गरी १३ सैनिकको हत्या गरेको सुरक्षा स्रोतले आइतबार एएफपीलाई जानकारी दिएको छ ।
आक्रमणमा सेनाका ४ सदस्य घाइते भएको सैनिक स्रोतले जनाएको छ । सेनाका अनुसार आक्रमणपछि सेनाले गरेको जवाफी कारबाहीका क्रममा कैयौँ विद्रोही हताहत भएको बताइएको छ ।
बुर्किना फासोमा सात वर्षदेखि जारी विद्रोहका क्रममा हजारौंको ज्यान गएको छ भने करिब २० लाख मानिसलाई घरबाट विस्थापित बनेका छन् ।
पश्चिम अफ्रिकामा अवस्थित यो मुलुकमा जिहादी समूहले थालेको आक्रमणपछि प्रायः ग्रामिण ईलाकामा सरकारी सुरक्षाकर्मीको न्यून उपस्थिति रहने गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


