प्रधानमन्त्री कपमा नेपाल पुलिसको विजयी शुरुवात

काठमाडौं, १३ कार्तिक । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । उसले आज सम्पन्न समूहञबीझ अन्तर्गतको खेलमा बागमती प्रदेशलाई १९२ रनले हराउँदै विजयी शुरुवात गरेको हो ।
२९० रनको लक्ष्य पछ्याएको बागमतीले २८ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो । बागमतीका इशान पाण्डेले सर्वाधिक २४ रनको योगदान दिए । रामनरेश गिरीले अविजित२२,प्रतिश जिसीले १४, नन्दन यादव १० रन बनाए ।
पुलिसका दीपेन्द्र सिंह ऐरीले ३ तथा करण केसी, गुलसन झा र सागर ढकालले २÷२ विकेट लिँदा १ खेलाडी उपस्थित भएनन् । त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले निर्धरित ५० ओभरमा ५ विकेट गुमाउँदै २८९ रन बनाएको थियो ।
पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ८२ बलमा ११ चौका र ४ छक्कासहित १०८ रनको शतकीय पारी खेले । कुशल भुर्तेल र सुनिल धमला समान ३७,आरिफ शेख ३६ र योगेन्द्र सिंह कार्की १६ रनमा आउट भए । अविजित रहेका पवन सर्राफ १५ तथा दिलीप नाथले १२ रन जोडे ।
बागमतीका लागि बागमतीका नन्दन यादबले २ तथा रामनरेश गिरी, सूर्य तामाङ र सोनु देवकोटाले १÷१ विकेट लिए । यो जितसँगै पुलिसले २ अंक जोड्दा बागमतीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


