एजेन्सी, १३ कार्तिक । सोमालियामा भएको कार बम विस्फोटमा सय जनाले ज्यान गुमाएका छन् ।

स्थानीय समयअनुसार शनिबार दिउँसो सोमालियाको राजधानी मोगादिसुमा रहेको शिक्षा मन्त्रालय अगाडि कार बम विस्फोट हुँदा सय जनाको मृत्यु भएको हो ।

विस्फोटमा परी ३ सय जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । दुर्घटनास्थलको स्थलगत भ्रमणपछि सोमालियाका राष्ट्रपति हसन सेख मोहमदले विस्फोटमा परी मृत्यु भएकाहरूप्रति दुःख व्यक्त गरेका छन् ।

विस्फोटमा विद्यार्थी‚ व्यापारी‚ अभिभावक‚ बालबालिकासमेत परेको भन्दै राष्ट्रपति मोहमदले यसको जिम्मेवारी इस्लामिक समूह अल सबाबले लिनुपर्ने बताएका छन् ।

रोयटर्सका अनुसार हालसम्म यो घटनाको जिम्मा कसैले लिएको छैन ।