एजेन्सी, १३ कार्तिक । दक्षिण कोरियाको राजधानी सिओलमा शनिबार भएको हलोइन उत्सवको भागदौडमा मृत्यु हुनेको संख्या १५१ पुगेको छ । त्यहाँ कम्तिमा पनि ८२ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

मृत्यु हुनेमा १० जना विदेशी रहेको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् ।

मृत्यु हुने अधिकांश युवा भएको र उनीहरुको उमेर समूह २० देखि ३० वर्ष भएको बताइएको छ । त्यहाँबाट आएका केही भिडियो फुटेजहरुमा मानिसहरुलाई सास फेर्न समस्या भएको देख्न सकिन्छ ।

घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । केहीलाई यही भीडको भागदौडका कारण हृदयघातसमेत भएको बताइएको छ ।