डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

काठमाडौं, १२ कार्तिक । प्रतिनिभिसभा सदस्य पदमा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ ।
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको हो ।
डा. कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै निर्वाचन आयोगको शनिबार बसेको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।
डा. कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


