काठमाडौं, १२ कार्तिक । नेपाली कांग्रेसले सबै महिलालाई निःशुल्क गुणस्तरीय सेनिटरी प्याडको व्यवस्था गरिने घोषणा गरेको छ ।शनिबार आफ्नो घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले उक्त घोषणा गरेको हो ।

सरकारले छात्राहरुलाई निःशुल्क प्याड वितरण गर्दै आएको छ । २०७६ सालमा बनाएको सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधिमा किशोरअवस्थाका छात्राहरुलाई महिनावारी व्यवस्थापन सामग्री वितवरण गर्ने भनिएको थियो ।

उक्त कार्यविधि अनुसार छात्राहरुलाई वितवरण गरिएको प्याडको गुणस्तर माथि प्रश्न उठीरहेको थियो । साथै, प्याड वितवरणको नाममा स्थानीय सरकारले गरेको भ्रष्टाचारको समेत समाचार आइरहेको थियो ।

पछिल्लो समय सरकारले सेनेटरी प्याडको आयात करमा ९० प्रतिशत छुट गरेको छ ।

अहिले कांग्रेसले भने छात्राहरूलाई मात्रै नभई सबै महिलाहरूलाई निःशुल्क गुणस्तरीय सेनिटरी प्याडको व्यवस्था गरिने घोषणा गरेको हो ।