धनुषा–३ का उम्मेदवार जुलीसँग आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

जनकपुरधाम, १२ कार्तिक । निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर–३ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जुलीकुमारी महतोसँग स्पष्टीकरण सोधेको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर–३ मा नेकपा एमालेकी उम्मेदवार महतोले आफ्नो गाडीको पछाडि चुनावी फ्लेक्स टाँसेर निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसार गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
त्यस्तै, आयोगले प्युठानका उम्मेदवार सूर्य थापासँगसमेत २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
थापाले बालबालिकाको प्रयोग गरी चुनावी गीत गाउन लगाएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


