इराकमा नयाँ सरकार गठनको महासचिव गुटरेसद्वारा स्वागत

एजेन्सी, १२ कार्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इराकमा नयाँ सरकार गठन भएकामा त्यसको स्वागत गरेका छन् ।
२१ सदस्यीय मन्त्रिपरिषदमा ३ जना महिला नियुक्त भएकामा त्यसको पनि उनले स्वागत गरेको महासचिवका प्रवक्ताले बताएका छन् ।
महासचिव गुटरेसले नयाँ सरकारलाई सुधार, जवाफदेही र समुज्ज्वल भविष्यका लामो समयदेखि इराकी जनताले गरेका अपेक्षा पूरा गर्न आग्रह गरेको बताउँदै प्रवक्ता स्टेफेन डृुजारिकले नववठित सरकार र इराकी जनतालाई सहयोग गर्न राष्ट्रसंघ पूर्ण प्रतिबद्ध रहेको महासचिवले बताएका छन् ।
–सिन्ह्वा
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


