चाडपर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह

काठमाडौं, १० कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले तिहार र छठपर्वजस्ता चाडपर्वमा संक्रमण फैलिनसक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो ।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको र उक्त भाइरस फैलिनसक्ने भन्दै माक्स लगाउन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ पहिचान भएको बताए ।
उनका अनुसार देशका विभिन्न ठाउँबाट गत साउन २१ देखि असोज २४ गतेसम्म कोरोना भाइरस भएका संक्रमितबाट नमूना सङ्कलन गरेर जिनोमिक पहिचान गर्दा ओमिक्रोन सबभेरियन्ट ‘एक्सबिबी’ पत्ता लागेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


