एजेन्सी, १० कार्तिक । कोरोना संक्रमणपछि संक्रमितमा रगत जम्ने समस्या करिब ३ गुणा वृद्धि हुने एक अध्ययनले देखाएको छ ।

बेलायतको क्वीन्स मेरी विश्वविद्यालयले गरेको अध्ययनअनुसार कोरोना संक्रमणपछि निको भएका व्यक्तिमा रगत जम्ने समस्या २.७ गुणा वृद्धि हुने देखिएको हो ।

संक्रमित र संक्रमण नभएका ५४ हजारभन्दा बढीमा गरिएको अध्ययनअनुसार संक्रमित व्यक्तिमा २.७ गुणा बढी रगत जम्ने समस्या देखिएको हो । यसैगरी मृत्यु हुने जोखिम पनि संक्रमित भएका व्यक्तिमा १०.२ गुणा बढी देखिएको छ ।

अध्ययनले कोरोना संक्रमित व्यक्तिमा मुटुसँग जोडिएका अन्य विभिन्न रोग पनि लाग्ने सम्भावना बढी रहेको देखाएको छ ।

(टाइम्स अफ इन्डियाबाट)