सित्राङ चक्रवातमा परेर हराइरहेका ८ जना मजदुरको शव फेला

एजेन्सी, १० कार्तिक । बङ्गलादेशको चट्टोग्राम जिल्लाको तटबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा सित्राङ चक्रवातमा परेर हराइरहेका ८ जना मजदुरको शव उद्धारकर्मीहरूले फेला पारेका छन् ।
योसँगै ६३ घण्टा लामो खोज तथा उद्धार अभियान सम्पन्न अधिकारीहरूले बताएका छन् ।
गत सोमबार आएको चक्रवातका बेला उनीहरूलाई सुरक्षित स्थानमा फर्कन आह्वान गरिएको तर एक जनामात्र चेतावनीलाई स्वीकार गरेर फर्केका थिए । माछामार्न गएका उनीहरूको डुङ्गा चक्रवातका कारण डुबेको थियो ।
आँधीहुरी र भारी वर्षाका साथ आएको चक्रवातमा परी हालसम्म ३५ जनाको ज्यान गएको, तटीय क्षेत्रका धेरै स्थानमा घर, बाली र भौतिक पूर्वाधारमा क्षति भएको तथा अधिकांशको मृत्यु रूखहरू ढलेर भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


