इजरायलद्वारा दमासकसमा क्षेप्यास्त्र आक्रमण

एजेन्सी, १० कार्तिक । बुधबार मध्यरातमा इजरायलले दमासकसमा क्षेप्यास्त्र आक्रमण गरेको सरकारी समाचार समिति संस्था सानाले जनाएको छ ।
सानाकाअनुसार सिरियाली वायु सुरक्षाबलले धेरै इजरायली क्षेप्यास्त्रहरू रोकेका थिए ।
राजधानीका रहेका मानिसहरूले धेरै शक्तिशाली विस्फोटहरू सुनेका जनाइएको छ । इजरायलले सिरियामा दुई दिनमा यो दोस्रो पटक क्षेप्यास्त्र आक्रमण गरेको जनाइएको छ ।
इजरायलले सिरियाको राजधानी वरिपरि सिरियाली सैन्य साइटहरूमा प्रहार गरेर क्षति पुर्याएको र यसमा परी एक सैनिक घाइते भएका जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


