काठमाडौं, ९ कार्तिक । विश्व चर्चित कम्पनी युनिलिभरले आफ्नो डोभ तथा ट्रेसेमे नामका दुई स्याम्पूहरुलाई बजारबाट फिर्ता मागेको छ ।

कम्पनीले यी स्याम्पूहरुमा क्यान्सरको कारक तत्व केमिकल बेन्जेन भएको भन्दै फिर्ता लिने निर्णय गरेको बताइएको छ । बुधबार एक विज्ञप्ति निकाल्दै यो जानकारी कम्पनीले दिएको हो ।

कम्पनीले अक्टोबर २०२१ भन्दा अगाडि बनेका सबै स्याम्पू फिर्ता लिने जनाएको छ । कपालमा धेरै चायाँ परेको अवस्थामा यी स्याम्पूहरु प्रयोगमा लिइने गरिएको थियो ।

गत वर्ष नै यी स्याम्पूहरुमा क्यान्सरको कारक तत्व रहेको एक रिसर्चले पाएको थियो ।