एजेन्सी, ९ कार्तिक । इजिप्टको राजधानी कायरोको उत्तरमा पर्ने डाकाहलिया प्रान्तमा भएको सडक दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् ।

चालकसहित १४ जना बोकेको एउटा मिनीबस राजमार्गको पुलतर्फ जाँदै गर्दा विपरीत सडकबाट निकै तीव्र गतिमा आउँदै गरेको लरीले ठक्कर दिएको डकाहलिया प्रान्तको फेसबुकमा राखिएको एउटा विज्ञप्तिमा जनाइएको छ ।

मृत्यु हुनेहरु सबै एकै परिवारका रहेका छन् । एकै परिवारका ६ बालबालिकासहित ११ को मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा घाइते भएका सबैलाई नजिकैको एक सरकारी अस्पतालमा भर्ना गरिएको समाचारमा जनाइएको छ ।