काठमाडौं, ८ कार्तिक । निर्वाचन आयोगले समानुपातिकतर्फ ५४८ जना उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ ।

आयोगले आसन्न निर्वाचनको समानुपातिकतर्फका ५४८ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएका ५४८ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय गरिएको आयोगले जनाएको छ ।