इजरायली सेनाद्वारा ६ जना प्यालेस्टिनीको हत्या

एजेन्सी, ८ कार्तिक । इजरायली सुरक्षाकर्मीले वेस्ट ब्याङ्क क्षेत्रमा छापा मार्दा ६ जना प्यालेस्टिनी मारिएका छन् भने २१ जना घाइते भएका छन् ।
मंगलबार बिहान ठूलो संख्यामा इजरायली सेना नाबलुस सहरमा प्रवेश गरेका थिए ।
प्यालेस्टिनियन फताह मुभमेन्टका प्रवक्ताका अनुसार इजरायली सेनाको प्रवेशलाई प्यालेस्टिनी सुरक्षाकर्मी र सशस्त्र विद्रोहीले रोक्ने प्रयास गरेका थिए ।
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सुरक्षाकर्मीको गोलाबारीमा पाँच जना प्यालेस्टिनी मारिएका छन् । ती मध्ये एक जना निहत्था रहेका थिए ।
मन्त्रालयले अर्को गाउँ नाबी सलेहमा एक १९ वर्षीय युवक इजरायली सुरक्षाकर्मीबाट मारिएका छन् ।
–अलजजिरा
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


