पाकिस्तानमा पोलियो खोपविरुद्ध देशव्यापी अभियान सञ्चालन

एजेन्सी, ८ कार्तिक । पाकिस्तान सरकारले पोलियो खोपका विरुद्धमा देशव्यापी अभियान सञ्चालन गरेको जनाएको छ । पाकिस्तानमा देशभर सो अभियान सुरु गरिएको हो ।
पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पाकिस्तानमा पोलियोको प्रकोप देखिएकाले पोलियो उन्मूलनका लागि देशव्यापी खोप अभियान सुरु गरिएको बताइएको छ । यो एक हप्ता लामो अभियान भएको बताइएको छ ।
पाकिस्तानी स्वास्थ्यमन्त्री अब्दुल क्वादिर पटेलले सो अभियानको शुरुवात गरेका हुन् । यो अभियानअनुसार पाकिस्तानका पाँच वर्ष मुनिका सबै बालबालिकालाई पोलियोविरुद्धको खोप दिइने छ ।
यो अभियान पाकिस्तानका दशौँ लाख बालबालिकासम्म पुग्ने मन्त्री क्वादिरले बताए । उनले देशबाट पोलियो उन्मूलन गर्ने यो ठूलो अभियान भएकाले यसका लागि सहयोग गर्न यहाँका सबै अभिभावकलाई आग्रह गरे ।
यो अभियानमा खैबर पाक्थुन्क्वा प्रान्तका बालबालिकालाई विशेष ध्यान दिइने छ । उनीहरुलाई घरघरैमा पुगेर पनि खोप लगाउन भनिएको छ ।
पाकिस्तानमा यो वर्ष २० जना बालबालिकामा पोलियोको सङ्क्रमण भेटिएको छ । यहाँको विशेषगरी खैबरका बालबालिकामा बढी मात्रामा पोलियो देखिएको बताइएको छ ।
–सिन्हवा
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


