काठमाडौं, ८ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८८ जनामा गरिएको नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ६६२ रहेको मन्त्रालयले जनाएको छ ।